काठमाण्डौ । नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयमा रहेका विभिन्न काउन्टरमा कारोबार गर्दा अब क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने भएको छ।
राष्ट्र बैंकको पोखरा कार्यालयले आज एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो।
अब ग्राहकले राष्ट्र बैंकको पोखरा कार्यालयमा बैंकिङ इकाइअन्तर्गत विदेशी मुद्रा, सिक्का बिक्री काउन्टर तथा मुद्रा व्यवस्थापन इकाइअन्तर्गत नयाँ तथा सुकिलो नोट सटही काउन्टरमा कारोबार गर्दा ग्राहकबाट लिनुपर्ने नेपाली रुपैयाँका लागि विद्युतीय माध्यम (क्यूआर कोड)मार्फत समेत भुक्तानी गर्न सकिने सूचनामा जनाइएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19