काठमाण्डौ । अब वालेटमा एक दिनमा २० पटकसम्म रकम जम्मा गर्न सकिने भएको छ। 

नेपाल राष्ट्र बैंकले भुक्तनी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या)लाई अस्थायी रुपमा वृद्धि गरेको हो। यसबारे राष्ट्र बैंकले आज एक परिपत्र जारी गर्दै जानकारी गराएको छ। 

भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको अ.प्रा. निर्देशन नं. ५ को बुँदा ३(२) मा रहेको प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेको थियो। 

आज कात्तिक २४ गतेदेखि मंसिर ३ गतेसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा २० पटकसम्म सकिने व्यवस्था राष्ट्र बैंकले अस्थायी रुपमा गरेको हो। 

उक्त समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकमबारे रुाष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा जानकारी गराउन पनि निर्देशन दिइएको छ।