काठमाण्डौ । पछिल्लो समय नगदरहित डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको नेपाल राष्ट्र बैंकले क्यूआर कोडको मापदण्ड तयार गरेको छ।
डिजिटल कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन राष्ट्र बैंकले मापदण्ड जारी गरेको हो। यसअघि राष्ट्र बैंकले गत माघ १४ गते मापदण्डमा आवश्यक रायसुझाव माग्दै मस्यौदा सार्वजनिक गरेको थियो।
मापदण्डमा क्यूआर कोडबाट हुने भुक्तानीका लागि स्किम तथा नेटवर्कको योग्यता, एक्वायरिङ तथा जारीको योग्यता, नेटवर्क, अक्वायरर र जारी गर्ने संस्थाको मुख्य जिम्मेवारी, मूल्य तथा शुल्क, सेटलमेन्ट संयन्त्र, ग्राहक सेवा तथा गुनासो सम्बोधन र विवाद निरुपण, सूचना सुरक्षा कार्यक्रम, क्यूआर लोगो, ब्रान्डिङलगायतका विषय समेटेका छन्। मापदण्डमा क्यूआर कोडबारे प्रयोगकर्तालाई आवश्यक शिक्षा तथा जनचेतना विस्तार गर्नेबारे प्रावधान पनि राखिएको छ।
राष्ट्र बैंकले पछिल्लो समय क्यूआर कोड स्क्यानबाटै हुने भुक्तानीलाई देशव्यापी रुपमा विस्तार गर्नतिर लागेको छ।
थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19