काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनमा सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका लाभांश संशोधन गरेको छ।
राष्ट्र बैंकले वित्तीय विवरण संशोधन गरी पेस गर्न निर्देशन दिएपछि संस्थाको हिजो मंगलबार बसेको बैठकले यसअघि प्रस्ताव गरेको लाभांशलाई संशोधन गर्दै चुक्तपुँजी २३ करोड ५३ लाख ८६ हजार १५० रुपैयाँको ८.१३ प्रतिशतले हुन आउने १ करोड ९१ लाख ५२ हजार रुपैयाँबराबरको बोनस सेयर र ०.४२ प्रतिशतले हुन आउने १० लाख ८ हजार रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) गर्ने प्रस्ताव गरेको छ।
यसअघि संस्थाले ९.११ प्रतिशत बोनस सेयर र ०.४७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।
संस्थाले अब संशोधित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19