काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ग्राहकको वित्तीय हित संरक्षण गर्ने उद्देश्यका साथ गुनासो सुनुवाइका लागि नयाँ पोर्टल सञ्चालनमा ल्याएको छ।
केन्द्रीय बैंकले यसका लागि गुनासो ‘डट एनआरबी डट ओआरजी डट एनपी’ पोर्टल सञ्चालनमा ल्याएको हो। राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था तथा एजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीय र पारदर्शी ढंगबाट बैकिङ क्षेत्रको व्यावासयिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखी वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने र गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षणलाईलाई यो पोर्टल सञ्चालनमा ल्याएको हो।
ग्राहकले यो पोर्टलमार्फत आफ्ना गुनासाहरु दर्ता गर्न सक्नेछन्। यसरी गुनासाहरु दर्ता भएको जानकारी र दर्ता नम्बर ई–मेलमार्फत ग्राहकले प्राप्त गर्नेछन्।
यसका साथै गुनासो दर्ता नम्बरद्वारा पेस गरिएको गुनासाको स्थिति थाहा पाउन सकिनेछ। यो पोर्टलमा दर्ता भएको गुनासोको अन्तिम निर्णय ई–मेलमार्फत जानकारी गराइने केन्द्रीय बैंकले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19