काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अक्सिजन सिलिन्डर आयातका लागि पठाउनुपर्ने टीटीको सीमा बढाइदिएको छ।
यसअघि ड्राफ्ट/टीटी ३५ हजार डलरसम्मको जारी गर्न पाइनेमा अब सर्तसहित १ लाख डलरसम्म जारी गर्न पाइने बनाइएको राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ।
अब स्वास्थ्य सेवा विभागको सिफारिसमा गरिने कोभिड–१९ सँग सम्बन्धित औषधिजन्य सामग्री तथा स्वास्थ्य उपकरणहरुको आयातको हकमा एउटै बिजकबाट १ लाख डलरसम्म रकमको ड्राफ्ट/टीटीको माध्यमबाट भुक्तानी गर्न सकिन्छ। १ लाख डलरभन्दा बढी चाहिएमा विभागको सिफारिससहित राष्ट्र बैंकलाई भनेमा त्यो स्वीकृति पनि दिइने भएको छ।
अक्सिजन सिलिन्डर, अक्सिजन कनेक्टर, अक्सिजन ट्याङ्स, अक्सिजन जेनेरेटर्स, अक्सिजन उत्पादन प्लान्ट, डेलिभरी उपकरण, अन्य अक्सिजन सम्बन्धित सामग्री तथा भेन्टिलेटर उपकरण ल्याउनुपरेमा ड्राफ्ट/टीटीको सीमा आउँदो असार मसान्तसम्म अनिवार्य छैन। त्यसपछि मात्र यो सीमा र सिफारिस आवश्यक पर्नेछ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago