काठमाण्डौ । नेपाल राष्ट्र बैंकले रु. २ अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र २०८३ निष्कासन गर्ने भएको छ। 

बैंकले आउँदो असार ३ गतेबाट यो बचतपत्र निष्कासन गर्ने भएको हो। यसको बिक्री खुला भने भोलि जेठ ११ गतेदेखि असार १ गतेसम्म हुनेछ।

यो पाँचवर्षे बचतपत्रको साँवा भुक्तानी २०८३ असार ६ गते हुनेछ। यो बचतपत्रमा वार्षिक ९ प्रतिशत ब्याजदर तोकिएको छ। लगानीकर्ताले अर्धवार्षिक रुपमा ब्याज पाउनेछन्।

यस बचतपत्रमा लगानीकर्ताले न्यूनतम १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद आवेदन दिन सक्नेछन्।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।