काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरुमा १ अर्ब ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
राष्ट्र बैंकको कर्मचारी उपदान तथा पेन्सन रहेको उक्त रकम इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागेको हो। यस्तो लगानी २०७८ असार २१ गतेदेखि २०७९ असार २१ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकले उक्त रकमध्ये वाणिज्य बैंकहरुमा ८४ करोड, राष्ट्रियस्तरका विकास बैंकमा १५ करोड ७५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड २५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरिने जनाएको छ। यसका लागि बैंक तथा वित्त कम्पनीहरुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी असार ९ गते ५ बजेभित्र राष्ट्र बैंकमा प्रस्ताव पेस गर्नुपर्नेछ।
थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19