काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई युनाइटेड फाइनान्स प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ। 

राष्ट्र बैंकले हिजो असार १५ गते १ः०.३५ सेयर स्वाप अनुपातमा युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकलाई अन्तिम स्वीकृति दिएको हो। 

यसअघि गत असार ५ गते सम्पन्न नबिल र युनाइटेडको विशेष साधारणसभाले प्राप्ति प्रक्रियाका सम्पूर्ण सम्झौता र समझरी अनुमोदन गरिसकेको छ। त्यसपछि राष्ट्र बैंकसँग प्राप्ति प्रयोजनका लागि अन्तिम स्वीकृति माग गरिएको थियो। 

नबिल र युनाइटेडबीच गत वैशाख १७ गते प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो।