काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि साउन २१ गते ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने भएको छ।
केन्द्रीय बैंकले ७ दिनका लागि निक्षेप संकलन उपकरणको भोलि बोलकबोल तथा निष्कासन गर्ने भएको हो। भोलि अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र हुने राष्ट्र बैंकले जनाएको छ। यसको ब्याजदर पनि बोलकबोल निर्धारण हुनेछ।
यो उपकरणको साँवा तथा ब्याज भुक्तानी साउन ८ गते हुनेछ। यसमा घटीमा ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने छ।
यो उपकरण केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिनेछ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बोलकबोल बहुब्याजदर प्रणालीमा पनि गर्न सकिनेछ।
यो निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउने छन्।
निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।
यो निक्षेप संकलन उपकरणका यस्ता छन् विशेषता एवं सर्त –
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago