काठमाण्डौ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले थप २० अर्ब रुपैयाँ बजारबाट तान्न खोजेको थियो। तर, बैंकहरुले १४ अर्ब ७० रुपैयाँबराबरको मात्रै आवेदन दिएका छन्।
अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले हिजो आइतबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्न बोलकबोल गरेको थियो। तर, ९ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट १४ अर्ब ७० रुपैयाँको मात्रै आवेदन परेको हो।
राष्ट्र बैंकले भने १३ अर्ब २० करोड रुपैयाँको मात्रै रिभर्स रिपो जारी गराएको छ। यो रिभर्स रिपोको औसत ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ।
यो रिपोमा बैंकहरुले राखेको रकम फिर्ता पाउने समय भने असार १७ गतेलाई तोकिएको छ।
यसअघि गत असार ७ गते पनि राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि १० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको थियो। त्यतिबेला भने बैंकहरुले २६ अर्ब ३३ करोड रुपैयाँको आवेदन दिएका थिए। यो रिपोको औसत ब्याजदर ३.०१ प्रतिशत कायम भएको थियो।
रिभर्स रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने र त्यस्ता संस्थासँग मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ।
निक्षेपको तुलनामा लगानी विस्तार हुन नसकेपछि बजारमा बढेको मुद्रा प्रवाह नियन्त्रणका लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्ने गर्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19