काठमाण्डौ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रकम खिच्न आज २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको छ। रिभर्स रिपोका लागि भएको बोलकबोलमा भने बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले मागेभन्दा बढी २८ अर्ब ८० करोड रुपैयाँको आवेदन दिएका छन्।
योसँगै राष्ट्र बैंकले रिभर्स रिपोमार्फत आज बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तानेको छ। राष्ट्र बैंकले असार २९ गतेसम्मका लागि (१० दिने अवधिको) बोलकबोलमार्फत २० अर्ब खिचेको हो।
बोलकबोलमार्फत यो रिभर्स रिपोको भारित औसत ब्याजदर ५.०५९१ प्रतिशत कायम भएको छ। अर्थात् अधिकतम ५.३७ देखि न्यूनतम ४.४९ प्रतिशत ब्याजदर कायम भएको छ।
बोलकबोलमा ११ वटा बैंक तथा वित्तीय संस्था सहभागी भएका थिए।
असारमा राष्ट्र बैंकले दुई पटक गरेर करिब २३ अर्ब रुपैयाँ बैंकिङ प्रणाली बजारबाट तानिसकेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19