काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले सिराहामा २ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । 

बैंकले सिराहाको लाहान नगरपालिकाको बरियारपट्टी र सखुवा नान्कारकट्टीमा थप २ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

योसहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म २७ शाखारहित बैंकिङ्ग सेवा सुचारु भइसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित  शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्सटेन्सन काउन्टरहरु लगायत २७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११५ स्थानबाट ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा छन् ।