काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले मुस्ताङ्गमा ४ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले मुस्ताङ्गको मार्फा, कागबेनी, लेते र लोमन्थाङ्ग गरी ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म २५ शाखा रहित बैंकिङ्ग सेवाका इकाई बिस्तार भइसकेका छन् । 

ग्राहक सेवा केन्द्रको रुपमा संचालित ती शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

हाल यो बैंकले ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २५ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११३ स्थानबाट बैंकिङ्ग सुबिधा प्रदान गर्दै आएको छ । बैंकको देशभर ९९ वटा एटीएमहरु संचालनमा छन् ।