काठमाण्डौ। कोरोना कहरबीच रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा अधिकांश सूचकमा प्रगति गरेको छ।
कम्पनीको शुक्रबार सार्वजनिक पहिलो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमा शुल्क ९१.९८ प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिमा खुद बीमा शुल्क ४६ करोड ५२ लाख रुपैयाँ रहेको छ। जुन गत वर्ष यही अवधिमा २४ करोड २३ लाख रुपैयाँमा सीमित रहेको थियो।
प्रथम त्रैमाससम्म कम्पनीले जीवन बीमा कोषको आकार १४६.९१ प्रतिशतले बढाउन सफल भएको छ। अघिल्लो वर्ष यही अवधिमा ५२ करोड ५२ लाख रुपैयाँमा सीमित जीवन बीमा कोषको आकार बढेर समीक्षा अवधिमा १ अर्ब ३९ करोड रुपैयाँको उचाइमा पुगेको छ।
अघिल्लो वर्ष १ करोड २३ लाख रुपैयाँमा सीमित महाविपत्ति जगेडा बढेर १ करोड ९२ लाख रुपैयाँ तथा ११ करोड १० लाख रुपैयाँमा सीमित रिजर्बको आकार बढी १७ करोड ३० लाख रुपैयाँको उचाइमा पुगेको छ।
समीक्षा अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट ३ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ। यस्तो आम्दानी अघिल्लो वर्ष १ करोड ३९ लाख रुपैयाँमा सीमित थियो।
कम्पनीले यो अवधिमा ६ करोड ७८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो भुक्तानी १६ लाख ४८ हजार रुपैयाँमा सीमित थियो।
कम्पनीको व्यवस्थापन खर्च समीक्षा अवधिमा बढेर ८ करोड २९ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको यस्तो खर्च ६ करोड ८७ लाख रुपैयाँ रहेको थियो।
अघिल्लो वर्ष यही अविधिमा १ करोड ८५ लाख रुपैयाँमा सीमित खुद नाफालाई बढाएर समीक्षा अवधिमा ३ करोड रुपैयाँको उचाइ चुमाएको छ। यो नाफा ६२.४३ प्रतिशतले बढी हो।
कम्पनीले समीक्षा अवधिमा ४ हजार १३८ वटा बीमालेख जारी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ हजार ९५५ वटा बीमालेख जारी गरेको थियो।
वार्षिकीकृत कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५.७३ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) १०४.७५ गुणा र प्रतिसेयर नेटवर्थ १०९.१५ रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago