काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निराजन कँडेलले पाएका छन्।
कम्पनी सञ्चालक समितिको पुस ९ गते बसेको बैठकले कँडेललाई मंगलबार (पुस १३ गते) देखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिएको हो। यसअघि कँडेल कम्पनीका नायब सीईओका रुपमा कार्यरत थिए।
कम्पनीका सीईओ प्रवीण रमण पराजुलीको चारवर्षे कार्यकाल पुस १२ गते सकिएको छ। अर्को व्यवस्था नभएसम्मका लागि कँडेललाई कम्पनीको कामु सीईओको जिम्मेवारी दिने निर्णय गरिएको सञ्चालक समितिले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago