काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा छुट दिने भएको छ ।

कम्पनीले असोज १७ गतेदेखि असोज ३० गतेसम्म बीमालेख नवीकरण गराउँदा विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने जनाएको छ । 

कम्पनीबाट जारी भएका बीमालेखहरु नवीकरण शुल्क भुक्तानी गर्न छुटेका बीमितहरुले पुनर्जागरण गरी विलम्ब शुल्कमा शतप्रतिशत छुटको लाभ उठाउन सक्ने पनि कम्पनीले जनाएको छ । 

कम्पनीकाअनुसार यस्तो छुट बीमा अवधिभर एकपटक मात्रै प्रदान गरिनेछ । साथै सम्बन्धीत बीमितहरुले अनलाईन भुक्तानी प्रणाली कनेक्ट आईपीएस, ईसेवा, आइएमई पे र खल्ती डिजिटल वालेटमार्फत बीमालेख नवीकरण गराउन सक्नेछन् ।