काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरणको घोषणा गरेको छ ।

कम्पनीको हिजो(पुस २४ गते)बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरणको घोषणा गरेको हो । 
कम्पनीले गत आवको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद
लाभांश(कर प्रयोजनका लागि) वितरणको घोषणा गरेको छ । 

कम्पनीद्वारा प्रस्ताव गरिएको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।