काठमाण्डौ । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकान्सुरेन्स सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल तथा इन्स्योरेन्सको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरे ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले व्यक्ति तथा संस्था सुहाउँदा विभिन्न किसिमको नयाँ नयाँ जीवन बीमा योजनाहरुलाई जनमानसमा बिक्री गर्ने र देशभरि आफ्नो उपस्थिती जनाउने लक्ष्य लिएको छ । 

यही लक्ष्य प्राप्तिका लागि इन्स्योरेन्सले बैंकमार्फत आफ्ना जीवन बीमालेखहरु बिक्री गर्नुका साथै बैकको शाखा सञ्जाल प्रयोग गरी देशको कुना–कुनामा बीमाको पहुँच बिस्तार गर्ने आशा लिएको छ । इन्स्योरेन्सले हालसम्म विभिन्न ८ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको छ ।