काठमाण्डौ । ग्लोबल आइएमई बैंकले फागुन २ गते बुधबारदेखि रुकुम जिल्लाको सानीभेरी गाउँपालिका ९, सिम्लीमा आफ्नो ७०औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । 

सानीभेरी गाउँपालिका ९, सिम्लीमा खोलिएको सेवाको बुधबार सानीभेरी गाउँपालिका प्रमुख नरबहादुर पुनले एक समारोहका बीच उद्घाटन गरे । 

सो स्थानमा खोलिएको सेवाका लागि स्थानिय जीवन खड्कालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । 
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरिएको प्रष्ट्याएको छ । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११५ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, ७० शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।