काठमाण्डौ । विश्व बजारमा गहुँको मूल्य बढेको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार खाद्यान्न बोकेर युक्रेनी बन्दरगाहमा जाने जहाजमा आक्रमण गर्ने रुसले चेतावनी दिएसँगै विश्व बजारमा गहुँको मूल्य बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार गहुँको मूल्य प्रतिटन २८४ डलरसम्म पुगेको थियो। जुन अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले बढी हो।
गत सोमबार रुसले ब्ल्याक सीहुँदै गरिने खाद्यान्न निर्यातसम्बन्धी सम्झौता नवीकरण गर्न अस्वीकार गरेको थियो । मस्कोले उक्त मार्ग हुँदै जाने जहाज किभको पक्षमा भएको ठानिने बिहीबार चेतावनी पनि दिएको थियो।
योसँगै विश्व बजारमा अन्नको मूल्य बढेको हो। मकैको मूल्य पनि ५.४ प्रतिशतले बढेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19