काठमाण्डौ। रुसमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धपछि अमेरिकासँगै एसियाली बजार उकालो लागेको छ। 

जापानको निक्की २२५ इन्डेक्स शुक्रबार ०.९ प्रतिशतको वृद्धिका साथ खुलेको छ। अन्य परिसूचक पनि बढेका छन्। 

दक्षिण कोरियाको कोस्पी १.६% बढेको छ। उता सिड्नीको एएन्डपी÷एएसएक्स २०० पनि ०.३ प्रतिशतले उकालो लागेको छ। 

युक्रेनमा भएको आक्रमणपछि बिहीबार विश्व सेयर बजारमा ठूलो गिरावट आएको छ। बिहीबार पनि कच्चा तेलको मूल्यमा सामान्य गिरावट आएको थियो।

बिहीबार तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको थियो। रुस विश्वमा तेलको दोस्रो ठूलो निर्यातक र प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक हो। अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण तेल र ग्यासको मूल्य बढ्ने अनुमान गरिएको छ।