काठमाण्डौ। विश्वविख्यात कम्पनी ओयोले सर्वसाधरणका लागि आईपीओ ल्याउने पक्का भएको छ।
ओयो भारतको चेन कम्पनी हो। यो कम्पनी भारतको एक महत्वकांक्षी युवा उद्यमीद्वारा सञ्चालित छ। यसलाई भारतको सफ्ट बैंकले सपोर्ट गरेको छ।
गत शुक्रबार मुम्बई स्टक एक्सचेन्जमा दर्ता भएको यो कम्पनीले आईपीओ निष्कासन गरेर सर्वसाधारणबाट १ खर्ब १२ अर्ब रुपैयाँ उठाने योजना बनाएको छ।
आफ्नै पुराना लगानीकर्तालाई पनि २२ अर्ब ८८ करोड रुपैयाँको थप सेयर बिक्री गर्ने पनि कम्पनीले जनाएको छ। यसरी उठाइएको पैसाबाट कम्पनीले आफ्नो पुरानो ऋण तिर्ने र कम्पनीको विस्तार तथा विकास गरिने जनाएको छ।
यो कम्पनीको अफिसियल नाम भने ओराभल स्टे लिमिटेड हो। युवा उद्यमी १९ वर्षीय रितेश अग्रवालले सन् २०१२ मा कलेज ड्रप गरेर यो कम्पनीको स्थापना गरेका थिए। उनले सुरुआती चरणमा भारतभरि सस्ता होटेलहरुमात्रै कोठा बुक गरेर सुरु गरेको यो कम्पनीले हाल संसारका एसिया युरोप र अमेरिकामा गरेर ३५ देशहरुमा १ लाख ५७ हजार कोठा बुक हुन्छन्।
सन् २०१९ मा संसारका तीन ठूला होटेललाई एकीकृत गरेको यो कम्पनीले संसारको सबैभन्दा ठूलो चेन कम्पनी हुने लक्ष्य राखेको छ।
यो कम्पनीको कार्यक्षमता र आर्थिक स्थायी वृद्धिलाई लिएर केही प्रश्न पनि नउठेको होइन। कोभिड माहामारीबीच यो कम्पनीले केही आर्थिक संकट पनि भोगेको बताइएको छ।
ओयोले हाल प्राविधिक सहयोगका लागि माइक्रोसफ्टसँग सहकार्य गरिरहेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago