काठमाण्डौ । नेपालमा आमउपभोक्ताले पेट्रोल हिजोआज प्रतिलिटर १०७ रुपैयाँमा खरिद गर्नु परिरहेको छ । मासिक रुपमा पेट्रोलको भाउ समायोजन भइरहन्छ ।
अन्तर्राष्ट्रियस्तरमा भइरहने इन्धनको भाउको समायोजनले नेपालमा पनि प्रभाव पार्छ । त्यसैले कहिले बढ्ने त कहिले घट्ने क्रम चलिरहन्छ ।
विश्वमा यस्ता देशहरु पनि छन् ज्यादै न्यून मूल्यमा पेट्रोल पाइन्छ । अझ १ रुपैयाँ प्रतिलिटरमा पेट्रोल पाइन्छ भन्दा अचम्म लाग्न सक्छ । अथावा यति न्यून मूल्यमा पेट्रोल पाइएला र भनेर जिब्रो नै टोक्नुपर्ने अवस्था छ ।
तर यो वास्तविकता हो । नेपाली १ रुपैयाँमा पनि पेट्रोल पाइन्छ तर नेपालमा होइन भेनेजुएलामा । भेनेजुएला विश्वकै सबैभन्दा सस्तो मूल्यमा पेट्रोल बेच्ने देशहरुको सूचीमा अग्रस्थानमा आउँछ ।
भेनेजुएलामात्र होइन थुप्रै देशहरुमा पेट्रोलको भाउ न्यून छ । यहाँ हामी न्यून मूल्यमा पेट्रोल बेच्ने पाँच देशमा पेट्रोलको भाउको चर्चा गर्न गइरहेका छौँ ।
१. भेनेजुयला : भेनेजुयला एउटा यस्तो देश हो जहाँ संसारकै सस्तो पेट्रोल पाइन्छ । दक्षिण अमेरिकी देश भेनेजुयलामा प्रतिलिटर १.१२ नेपाली रुपैयाँमै पेट्रोल किन्न सकिन्छ ।
यहाँ संसारको सबैभन्दा ठूलो पेट्रोलको भण्डार रहेको छ । जसका कारण यहाँ पेट्रोलको मूल्य सबैभन्दा सस्तो रहेको हो ।
२. इरान : सबैभन्दा सस्तो मूल्यमा पेट्रोल पाउने देशको सूचीमा इरान दोस्रो नम्बरमा पर्दछ । यहाँप्रति लिटर पेट्रोलको मूल्य १३.६८ नेपाली रुपैयाँ रहेको छ ।
देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा पेट्रोलियम उत्पादन रहेको इरानमा १५५६०० मिलियन ब्यारेल कच्चा तेलको भण्डार रहेको छ ।
३. सुडान : सुडानमा पनि पेट्रोलको मूल्य कम छ । अहिले त्यहाँ एक लिटर पेट्रोलको मूल्य १९.३८ नेपाली रुपैयाँ रहेको छ । सबैभन्दा सस्तो तेल बेच्ने देशको सूचीमा सुडान तेस्रो स्थानमा पर्छ ।
४. कुवेत : यो सूचीको चौथो स्थानमा कुवेत पर्दछ । जहाँ प्रतिलिटर पेट्रोलको मूल्य ३८.५० पैसा रहेको छ ।
५. अल्जेरिया : सस्तो तेल पाइने देशको सूचीमा अल्जेरिया पाँचौँ स्थानमा पर्दछ । यहाँ १ लिटर पेट्रोल ३९.६३ नेपाली रुपैयाँमै पाइन्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago