काठमाण्डौ । एमआरएफको स्टकले मंगलबार भारतीय सेयर बजारमा इतिहास रचेको छ। 

टायर बनाउने एमआरएफ भारतमा भारु १ लाख प्रतिकित्ता छुने पहिलो स्टक बनेको हो। बीएसईमा अघिल्लो बन्दको भारु ९८ हजार ९३९.७० को तुलनामा आज सेयर भारु ९९ हजार ५०० मा खुल्यो। बिहानको कारोबारमा भारु १ लाख ३०० पुग्यो। यो हालसम्म उच्च सेयरभाउ हो। 

पछिल्लो एक वर्षमा यो कम्पनीको सेयरभाउमा उल्लेख्य वृद्धि भएको छ।

बेन्चमार्क सेन्सेक्समा १९ प्रतिशतको वृद्धिको तुलनामा पछिल्लो १ वर्षमा सेयर ४५ प्रतिशतले बढेको छ। एमआरएफको सेयरले बीएसईमा गत जुन १७ मा आफ्नो ५२ हप्ताको न्यून भारु ६५ हजार ९००.०५ मा पुगेको थियो।

चौथो त्रैमासमा एमआरएफ कम्पनीले उत्कृष्ट नतिजा प्रस्तुत गरेको छ। –एजेन्सी