काठमाण्डौ । नेपाल राष्ट्र बैंकले रु. २० दरका ३१ करोड थान नोट छाप्ने प्रक्रिया अगाडि बढाएको छ।
केन्द्रीय बैंकले आइतबार एक आशयपत्र जारी गर्दै रु. २० दरका नोट छाप्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको हो। नोट छपाइको जिम्मा राष्ट्र बैंकले चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ तथा मिन्टिङ कर्पोरेसनलाई दिने आशयपत्र जारी गरेको छ।
राष्ट्र बैंकले आह्वान गरेको बोलपत्रमा सबैभन्दा कम रकममा नोट डिजाइन, छपाइ र आपूर्ति गर्ने प्रस्ताव उक्त चिनियाँ कम्पनीले गरेको आशयपत्रमा जनाइएको छ।
राष्ट्र बैंकले ४६ लाख ९८ हजार ६५० अमेरिकी डलर (करिब ६२ करोड २१ लाख ६२ हजार रुपैयाँ)को लागतमा रु. २० दरका ३१ करोड थान नोट छाप्नका लागि उक्त चिनियाँ कम्पनी छनोट गरिएको जनाएको छ।

                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19