काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भदौ १४ गते (मंगलबार) ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।
केन्द्रीय बैंकले आगामी मंगलबार ९१ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको भोलि सोमबार बोलकबोल हुनेछ।
राष्ट्र बैंकले ९१ दिनका लागि ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो मंसिर १३ गते परिपक्व हुनेछ।
यो ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु मनोमानी रुपमा ब्याजदर माग गर्दै ट्रेजरी खरिदको प्रस्ताव गर्दै आएको छन्। तर, राष्ट्र बैंकले त्यसलाई नियन्त्रण गर्दै ट्रेजरीको ब्याज एकल अंकमा झार्न सफल भएको छ। पछिल्लो ४ पटक जारी भएको ट्रेजरीको ठूुुलो हिस्सा राष्ट्र बैंकले आफैँ किनेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19