काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज चैत २१ गते ३२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।
केन्द्रीय बैंकले चैत २२ गते जारी गर्न लागेको २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल २०७९ वैशाख २० गते परिपक्व हुनेछ।
यसैगरी राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल २०७९ असार २१ गते परिपक्व हुनेछ।
त्यस्तै केन्द्रीय बैंकले १८२ दिनका लागि १० अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल २०७९ असोज १८ गते परिपक्व हुनेछ।
राष्ट्र बैंकले ३६४ दिने ११ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल भने २०७९ चैत २१ गते परिपक्व हुनेछन्।
यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19