काठमाण्डौ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र–२०८४ ‘क’ बिक्री गर्ने भएको छ।
राष्ट्र बैंकले वैदेशिक रोजगारमा संलग्न नेपाली तथा गैरआवासीय नेपालीहरुका लागि यो बचतपत्र यही फागुन १४ गतेबाट बिक्री खुला गर्नेछ। यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासी नेपालीले आफू वा आफ्नो परिवारका सदस्य (बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीमात्र) को नाममा खरिद गर्न सक्नेछन्।
यो बचतपत्रमा वार्षिक १२.५ प्रतिशतका दरले ब्याजन पाइनेछ। यो ब्याजदर हाल वाणिज्य बैंकहरुको रेमिट खातामा उपलब्ध ब्याजदरभन्दा बढी हो। रेमिट खातामा अहिले वाणिज्य बैंकहरुले १२ प्रतिशत ब्याज उपलब्ध गराइरहेका छन्।
यो बचतपत्रको ब्याज भुक्तानी ६–६ महिनामा गरिनेछ भने ५ वर्षमा साँवा–भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।
यो बचतपत्र चाहेको समयमा बिक्री गर्न वा धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि सकिनेछ।
लगानीकर्ताले चैत ३ गतेसम्म यो बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ता घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आउने रकमले खरिद आवेदन दिन सक्नेछन्।
यसको बाँडफाँड खुला बजार सञ्चालन समितिको निर्णयबमोजिम हुनेछ। स्टक वा प्रमिसरी नोटका रुपमा बचतपत्र खरिद गर्न सकिनेछ। स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन पाराममा खुलाउनुपर्नेछ। नखुलाइएको अवस्थामा प्रमिसरी नोट प्रमाणपत्र उपलब्ध गराइनेछ।

                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19