काठमाण्डौ । रेनल्ट कम्पनीका सवारी साधन खरीद गर्न चाहनेलाई मुक्तिनाथ विकास बैंकले सहुलियत दरमा ऋण लगानी गर्ने भएको छ । 

बैंक र रेनल्ट कम्पनीको सवारी साधनको अधिकृत बिक्रेता विशाल ग्रुप अन्तर्गतको थापाथालीस्थित एड्भान्स्ड अटोमोवाइल्स प्रालिबीच लगानी सम्बन्धी सम्झौता भएको हो । 

मुक्तिनाथ विकास बैंकले जारी गरेको विज्ञप्तिअनुसार रेनल्ट ब्राण्डका विभिन्न मोडेलका सवारी साधनमा लगानी गर्ने सम्बन्धी सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र एडभान्स अटोमोबाइल्स प्रा.लि.को तर्फबाट प्रबन्धनिर्देशक निकुञ्ज अग्रवालले हस्ताक्षर गरे ।

यस सम्झौता बमोजिम एड्भान्सड अटोमोबाइल्स प्रा.लि.ले आयात गरी विक्रीवितरण गर्ने रेनल्ट कम्पनीका सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई मुक्तिनाथ विकास बैंकले खरिद मूल्यको ६५ प्रतिशतसम्म लगानी गर्नुका साथै आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्नेछ । 

सम्झौता बमोजिम कर्जा लिने ग्राहकहरुले अग्रिम रुपमा कर्जा भुक्तानी गर्नुपर्र्दा बैंकबाट लिइने कर्जा भुक्तानी शुल्क पनि नलिने व्यवस्था गरिएको बैंकले जनाएको छ । यो सेवा मुक्तिनाथ विकास बैंकका देशभरका शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताइएको छ ।