काठमाण्डौ । यातायातका साधानमा रेल निकै छिटो र छरितो मानिन्छ। संसारमै पहिला रेलको विकास बेलायतको साउथ वेल्सबाट १८ औँ शताब्दीमा भएको थियो। विकास र विस्तारसँगै अहिले सबैभन्दा बढी नेटवर्क र हाई स्पिड रेल निर्माणमा चीन अगाडि आएको छ।
सुरुआती चरणमा बम्बारडियर तथा मिटसुबिसीजस्ता इन्जिन विकास गर्ने विश्वविख्यात कम्पनीबाट इन्जिन आयत गरेर आफ्नो देशमा विकास गरेको चीनले हाल आफ्नै देशमा रेल तथा जहाज कम्पनी खडा गरेको छ।
सन् २०२० सम्ममा चीनमा ३७ हजार ९०० किलोमिटर रेलमार्ग बनिसकेको छ। सन् २०३५ सम्मा ७० हजार किलोमिटर पुर्याउने चीनले लक्ष्य राखेको छ। संसारमा हाई स्पिडको रेल विकासमा जापान तथा स्पेन पनि अगाडि छन्। त्यसैगरी फ्रान्सको युरो स्टार पनि उच्च गतिको रेल सेवामा गनिन्छ।
चीनमै हरेक ५ लाखभन्दा बढी जनसंख्या भएका ७५ प्रतिशत सहरमा रेलमार्ग रहेको छ। योमात्रै नभएर संसारमै रेलमार्ग निर्माणमा चीन अगाडि देखिन्छ। हाल चीनमा ९ हजारभन्दा बढी हाई स्पिडका रेल प्रतिदिन चल्छन्। विज्ञान र प्रविधिसँगै ड्राइभर लेस रेलको पनि विकास चीनले गरिसकेको छ। यसका साथै बेइजिङबाट उत्तरतर्फ हेबेई प्रान्त जोड्ने प्रतिघन्टा ३५० किलोमिटर चल्न सक्ने रेल संसारकै उच्च गतिको रेल पनि विकास भएको छ।
चीनले उच्च तापक्रम ५० डिग्रीदेखि न्यून माइनस ५० डिग्रीसम्म चल्न सक्ने बुलेट रेलको पनि विकास गरेको छ। चीनले देशबाहिर रसिया, काजकिस्तान, मंगोलिया र इन्डिया, मंगोलिया, पाकिस्तान, म्यानमार र बंगालादेशसम्म रेल पुर्याउने योजना बनाएको छ। छिमेकी राष्ट्रहरुमा लाओसदेखि रेल पुर्याउने लक्ष्यका साथ चीनले ५.३ बिलियन अमेरिकी डलरको बजेट पास गरिसकेको छ। चीनले भियतनाम, थाइल्यान्ड र सिंगापुर जोड्ने रेलमार्ग विस्तारका लागि काम गरिरहेको छ।
चीनको बेल्ट एन्ड इनिसिएटिभ योजनाअन्तर्गत एसिया, युरोप तथा अफ्रिाकासम्म रेल पुर्याउने योजना छ। हिमालपारि रेल ल्याउने महत्वकांक्षी योजनाअन्तर्गत सन् २०२० मै ९६५ किलोमिटर रेलमार्गको विकासका लागि ४८ बिलियन अमेरिकी डलर प्रस्ताव गरिएको छ। यो बजेटबाट लासादेखि सिगात्सेसम्म जोड्ने योजनामा छ। त्यहाँबाट काठमाण्डौसम्म रेल ल्याउने चीनको योजना देखिन्छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago