काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंकले रोल्पाको त्रिवेणी गाउँपालिकास्थित जुगारमा आफ्नो ७१ औं शाखा बिस्तार गरेको छ । 

२२ हजार बढी जनता रहेको प्रदेश नम्बर ५ स्थित त्रिवेणी गाउँपालिकाका स्थानीयलाई यो शाखाले वित्तिय कारोवारमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ । 

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश अनुसार बित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा बिस्तार गर्ने योजनाअनुसार शाखा बिस्तारको अभियानलाई निरन्तरता दिएको छ साथै विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार व्यक्तिलाई रु ३ अर्ब ६४ करोड लगानी गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटेड एक मात्र बैंक रहेको छ । 

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १०० वटा एटिएम पुगेको छ भने ६ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।  ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ६३ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।