काठमाण्डौ । बेलायतको लक्जरी कार निर्माता कम्पनी रोल्स् रोयसको माग पुनः सामान्यीकरणतर्फ फर्किएको छ। जसको फलस्वरुप कम्पनीले नयाँ कारसमेत लन्च गरेको छ।
नयाँ कार लन्चका अवसरमा कम्पनीले कारको माग एसिया, युरोप र मध्यपूर्वमा पुनः सामान्य अवस्थातर्फ फर्किरहेको जनाएको छ। कम्पनीले लन्च गरेको नयाँ कार रोल्स् रोयस घस्टको रिटेल मूल्य २ लाख ५० हजार पाउन्ड (करिब ३ करोड ८९ लाख ६५ हजार रुपैयाँ) पर्ने अनुमान लगाइएको छ। यो कारको मूल्य बेलायतको औसत घरको मूल्यभन्दा धेरै हो।
यो वर्षको पहिलो ६ महिनामा रोल्स् रोयसको मागमा ३० प्रतिशत गिरावट आएको छ। तर अहिले कम्पनीको व्यापारमा वृद्धि भइरहेको छ।
कम्पनीले नयाँ लन्च गरेको कार प्राविधिक रुपमा सशक्त हुने दाबी गरेको। यो कारमा ६.७५ लिटर ट्विन टर्बाे भी१२ इन्जिन रहनेछ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19