काठमाण्डौ । सिद्घार्थ बैंकले भाद्र ८ गते बिहीबार रौतहटको गरुडामा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सो शाखा कार्यालय मार्फत् सम्पूर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ ।

हालै सञ्चालनमा आएको नयाँ शाखासहित बैंकले हाल देशभर रहेका ७७ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ वटा एटिएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ४५० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।