काठमाण्डौ । कोरोनाभाइरसका कारण पूरै विश्वमा आतंक छाएको छ । चीनको वुुहानबाट बाँकी विश्वमा फैलिएको यो ज्यानमारा भाइरसले इटली, स्पेन, र अमेरिकालाई नराम्ररी प्रभावित पारेको छ । नेपालमा पनि कोरोनाबाट संक्रमितको संख्या ३ पुुगिसकेको छ । तर विश्वमा केही यस्ता देश पनि छन् जसले कुुनै लकडाउन र प्रतिबन्धबिनै यो भाइरसलाई जित्न सफल बने ।
कोरोनालाई हराउने पहिलो देश
नेपालले यतिबेला कोरोनालाई नियन्त्रण गर्न देशभरी नै लकडाउन गरेको छ । सरकारले जनतालाई घरबाहिर ननिस्कन भनिरहेको छ । नियमको उल्लंघन गर्नेलाई कारवाही समेत गरिरहेको छ ।
उता चीनले भने कोरोनालाई नियन्त्रणमा ल्याइसकेको छ । अहिले त्यहाँको अवस्था सुुधारउन्मुुख भइरहेको छ । नयाँ संक्रमितको घटनामा तीव्र कमी आएको छ ।
कोरोना नियन्त्रण गर्न चीन सरकारले लकडाउन र प्रतिबन्ध गरेको थियो । तर, विश्वमा केही यस्ता देश पनि छन्, जसले कुुनै लकडाउन र प्रतिबन्धबिनै कोरोना नियन्त्रणमा सफलता हासिल गरेका छन् ।
यसक्रममा ती देशका न त पसलहरु बन्द भए न त कुुनै प्रतिबन्ध नै लाग्यो । कोरोनालाई हराउने हो भने यी देशबाट विश्वले पाठ सिक्न सक्छ ।
दक्षिण कोरियाले कोरोनालाई हरायो
चीनको छिमेकी देश दक्षिण कोरियामा चीनमा कोरोना फैलिएको केही समयपछि नै कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमित देशको सूचिमा दक्षिणकोरिया ८ औं नम्बरमा आउँछ । सुुरुवातदेखि अहिलेसम्म यहाँ ९१३७ संक्रमणका घटना सार्वजनिक भइसकेका छन् । संक्रमितमध्ये ३५०० ठिक भइसकेका छन् । मृत्युु हुुनेको संख्या १२९ पुुगेको छ । अहिले त्यहाँ ५९ जना मात्रै गम्भीर संक्रमणमा रहेका छन्।
न त लकडाउन, न त बजार नै बन्द
दक्षिण कोरियामा मार्च महिनाको दोस्रो सातासम्म ८ हजार मानिस कोरोनाबाट संक्रमित भएका थिए । तर, पछिल्लो केही दिनदेखि १२ जनामा मात्रै संक्रमण देखिएको छ ।
मार्चको दोस्रो सातादेखि त्यहाँका जनता कोरोना नियन्त्रणका लागि स्वःस्फुुर्त रुपमा अग्रसर भएका थिए । अझ खास कुरा त के भने कारोना नियन्त्रणका लागि न त लकडाउन गरियो, न त प्रतिबन्ध नै । मानिसमा कुुनै पनि प्रतिबन्ध लगाइएन । आम जीवनलाई सामान्य रुपमा नै सञ्चालन गरिएको थियो । तर, पनि कोरोनालाई नियन्त्रणमा ल्याउन दक्षिण कोरिया सफल बन्यो ।
कसरी लगाइयो कोरोनामाथि लगाम ?
कोरोना नियन्त्रण गर्न दक्षिण कोरियाले ती चिजको प्रयोग गर्यो जुुन कोरोनालाई हराउन सहयोगसिद्ध मानिएका थिए । प्रत्येक शहरमा रिमोट टेम्पेरेचर स्क्यानर र रुघाखोकीको जाँच गरियो । जाँच गरिएकाको एक घण्टामै रिपोर्ट आउने व्यवस्था गरियो ।
फोनबुुथलाई टेष्टिङ सेन्टरमा परिणत गरिएको थियो । संक्रमणको जाँचका लागि ठूला भवन, होटल, पार्किङस्थल, र सार्वजनिक स्थलमा थर्मल इमेजिङ क्यामेरा जडान गरियो । जसले गर्दा संक्रमित पहिचान गर्न सजिलो भयो र थप संक्रमण फैलनबाट जोगियो ।
होटल, रेष्टुुरेन्टमा गरियो जाँच
दक्षिण कोरियाले बजार बन्द नगर्ने निर्णयको फाइदा यो भयो कि होटल रेष्टुुरेन्टमा आएका ग्राहकको जाँच गर्न सजिलो भयो । ज्वारोको जाँच गरेर मात्रै होटलमा मानिसलाई आवतजावत गर्ने अनुुमति दिइयो । त्यहाँका स्वास्थ्यविज्ञले हात कसरी धुुने भनेर सर्वसाधारण जनतालाई सिकाए । दाहिने हात धेरै प्रयोग गर्ने व्यक्तिहरुलाई ढोकाको ह्यान्डल, मोबाइल र सानातिना सामाग्री चलाउन सुुझाव दिइयो ।
हातको सही प्रयोग गर्ने तरिका सिकाइयो
दक्षिण कोरियाको हात प्रयोग गर्ने तरिकाले गज्जबको काम गर्यो । दायाँ हात बढी चलाउनेलाई बायाँ हात र बायाँ हात बढी चलाउनेलाई दायाँ हात बढी चलाउन भनियो । जसले गर्दा मानिसहरुले प्रयोग गर्ने हात कम मात्रामा अनुुहारमा लगाउन थाले ।
विशेषज्ञका अनुुसार मानिसले जुुन हात धेरै प्रयोग गर्छन् त्यही हात मुुख र अनुुहारमा लगाउने गर्दछन् । जसले गर्दा कोरोनाभाइरस मानिसमा सर्ने सम्भावना धेरै हुुन्छ ।
-एजेन्सीको सहयोगमा तयार रिपोर्ट
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago