काठमाण्डौ । यतिबेला विश्वका धेरैजसो देशहरुमा पूर्ण लकडाउन लागू गरिएको छ भने केही देशहरुले चाहि अन्य उपायहरु अपनाएर कोरोनामाथि नियन्त्रण कायम राख्न सफल भइरहेका छन् र उनीहरुको यो उपाय प्रभावकारी पनि देखिएको छ ।
दक्षिण कोरियापछि अहिले हङकङको चर्चा भइरहेको छ, जसले लकडाउनबिनै कोरोनाको फैलावटलाई नियन्त्रणमा राख्न सफलता हासिल गरिरहेको छ । ३१ मार्चसम्म यहाँ ७१५ वटा कोरोना संक्रमणका केसहरु देखिएको पुुष्टि भएको थियो र अहिले त्यहाँ जम्मा १०२४ केस देखिएको छ । जसमध्ये ५६८ जना कोरोनाबाट निको भइसकेका छन् ।
यी आँकडा हेरेरै थाहा पाउन सकिन्छ कि हङकङले कोरोनामाथि कसरी विजय हासिल गरिरहेको छ भनेर ।
डेली मेलको रिपोर्टका अनुुसार हङकङले टार्गेटेड आइसोलेसन र सामाजिक दुुरीका माध्यमबाट कोरोनासँगको लडाइ लडिरहेको छ ।
हङकङले पहिले नै आफ्नो सीमा बन्द गरेको थियो र पुुष्टि भएकाहरुका लागि क्वारेन्टाइनको व्यवस्था गरेको थियो । यसका साथै संक्रमित व्यक्तिको सम्पर्कमा आएकालाई पनि क्वारेन्टाइनमा राख्नुुका साथै उपयुुक्त सामाजिक दुुरीको व्यवस्था गरेको थियो ।
विशेषज्ञका अनुुसार यो उपायहरु जहाँ जहाँ लागू गरिएको थियो, त्यहाँको अर्थतन्त्रले अरु देशको जस्तै आर्थिक नोक्सानी व्यहोर्नुुपरेको छैन । ७५ लाख जनसंख्या भएको हङकङमा सार्वजनिक स्वास्थ्यका उपायहरुलाई ध्यानमा राखिएको थियो ।
विशेषज्ञका अनुुसार यसको असर देखिन थाल्यो र संक्रमणको घटनामा कमी आउन थाल्यो । हङकङ युुनिर्भसिटीका प्रोफेसर बेन्जामिन काउलिङका अनुुसार सार्वजनिक स्वास्थ्यमा जोड दिएपछि संक्रमणमा कमी आउन थाल्यो र यसले लकडाउनबिना पनि कोरोना संक्रमणलाई नियन्त्रणमा राख्न सकिन्छ भनेर विश्वलाई देखाइदिएको छ।
उनका अनुुसार हङकङको यो उपायलाई विश्वका अन्य देशले पनि अनुुकरण गर्न सक्छन् । यसका साथै त्यहाँका जनतामा सार्वजनिक स्वास्थ्य प्रति धेरै नै जागरुकता रहेको पाइयो ।
मार्च महिनामा ८५ प्रतिशत मानिसले भिडभाडयुुक्त ठाउँमा जान छोडिदिएका थिए र ९९ प्रतिशतले आफूहरु घरबाट निस्कदा मास्क लगाएर निस्कने गरेको बताएका थिए । यो आँकडा फेब्रुअरी महिनामा क्रमशः ७५ र ६१ प्रतिशत रहेको थियो ।
-एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago