काठमाण्डौ । कोरोनाभाइरसको नियन्त्रणका लागि खुुकुुलो उपायहरु अबलम्बन गरेतापनि स्वीडेनको राजधानी स्टकहोमका जम्मा ७.३ प्रतिशत मानिसहरुले अप्रिल महिनाको अन्त्यसम्म रोगसँग लड्नका लागि एन्टीबडि विकास गरेको खुलासा भएको छ । 

अमेरीकी समाचार एजेन्सी सिएनएनलाई स्वेडेनको सार्वजनिक स्वास्थ्य अधिकारीले उपलब्ध गराएको आँकडा, डेटा उपलब्ध भएका देशहरु र कुुल जनसंख्याको ७० देखि ९० प्रतिशतभन्दा कममा सामुुदायिक प्रतिरोधात्मक क्षमता हुुनुु पर्ने देशहरु जस्तै रहेको बताएका छन् । 

यस्तो अवस्था, स्विडेनले कोरोनाको फैलावट रोक्नका लागि अन्य देशहरु भन्दा भिन्न रणनीति अपनाएपछि देखिएको हो । 

स्विडेनले कोरोनाको नियन्त्रण र रोकथामका लागि अन्य देशको तुुलनामा जनताको दैनिक जनजीवनलाई कम प्रभाव पार्ने गरी प्रतिबन्धहरु जारी गरेको छ । स्विडेनका प्रमुुख महामारी विशेषज्ञ आन्द्रेस टेग्नेलले यो संख्या अनुुमान गरेभन्दा कम भएको, तर उल्लेखनीय रुपमा भने कम नरहेको बताए । उनले यो संख्या एकदेखि दुुई प्रतिशत मात्रै कम रहेको बताए । 

स्विडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीद्वारा गरिएको अध्ययनको उद्देश्य एक सातामा गरिएको १११८ वटा परीक्षणको आधारमा कुुल जनसंख्यामा सम्भावित सामुुदायिक प्रतिरोधात्मक क्षमता निर्धारण गर्नुु रहेको त्यहाँका अधिकारीहरुले बताएका छन् । 

यसका साथै प्रत्येक साता या त आठ साताको अवधिमा यति नै मात्रामा परीक्षण गर्ने लक्ष्य एजेन्सीको रहेको छ । 

अन्य क्षेत्रको परीणाम केहि समयपछि सार्वजनिक गरिने सार्वजनिक अधिकारीले बताएका छन् । 

महामारीको प्रतिक्रिया स्वरुप स्विडेन सरकारले विश्वका अन्य देशको तुुलनामा भिन्न रणनीति अपनाएको छ । यसक्रममा स्विडेनले लकडाउन लागू नगर्ने र अधिकांश स्कुल, रेष्टुुराँ, सैलुुन र बारहरु खुुल्ला राख्ने निर्णय गरेको थियो । तर आम मानिसहरुलाई लामो यात्रा नगर्ने र व्यक्तिगत जिम्मेवारीमा जोड दिन आग्रह गरेको थियो । 
स्विडेन सरकारको यस्तो रणनीतिलाई सुुरुवातमा त्यहाँका अनुुसन्धानकर्ताहरुले आलोचना गरेका थिए । उनीहरुले सरकारको सामुुदायिक प्रतिरोधात्मक क्षमता बढाउने रणनीति सफल नहुुने बताएका थिए । तर अधिकारीहरुले सामुुदायिक प्रतिरोधात्मक क्षमता बढाउने आफ्नो लक्ष्य भएको भन्ने कुुरालाई नकारेका छन् । 

सामुुदायिक प्रतिरोधात्मक क्षमता त्यतिबेला सफल भएको मानिन्छ जब कुुल जनसंख्याको ७० देखि ९० प्रतिशत मानिसहरु संक्रामक रोगविरुद्ध प्रतिरक्षा क्षमता बढाउन योग्य हुन्छन् । यसका लागि उनीहरु चाहे संक्रमित भएर निको हुुन् या त खोपद्वारा प्रतिरोधात्मक क्षमता वृद्धि गरुन् । जब सामुुदायिक प्रतिरोधात्मक क्षमता वृद्धि हुुन्छ, तब संक्रमण, प्रतिरक्षा प्रणाली कमजोर भएको मानिसमा कम मात्रामा फैलने गर्दछ । किनकि उनीहरुसामुु संक्रमण फैलाउने सम्वाहकहरु कम रहेका हुुन्छन् । 

हार्वड टि एच च्यान स्कुुल अफ पब्लिक हेल्थका सह प्राध्यापक माइकल मिनले अहिलेसम्म कुनै पनि समुुदायमा यस्तो प्रतिरोधात्मक क्षमता हासिल नगरेको, तर यस विरुद्धको भ्याक्सिनले सामुुदायिक प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने बताए । 
स्विेडनका एन्टीबडि भएका मानिसहरुको प्रतिशत लकडाउन गरेका देशहरुको भन्दा खासै फरक छैन । 

स्पेनमा मे महिनाको १४ गतेसम्म ५ प्रतिशत मानिसले एन्टीबडि विकास गरेका थिए । मिन्नोसोटा युुनिर्भसिटी अन्तर्गतको सेन्टर फर इन्फेक्सीयस डिजिज एण्ड पोलिसिका निर्देशकले अमेरिकाका करीब ५ देखि १५ प्रतिशत मानिसहरु संक्रमित भएको बताए । यसका साथै उनले कोरोनाको प्रभाव कम हुुनुुपूर्व ६० देखि ७० प्रतिशत अमेरिकी जनता यसबाट संक्रमित हुुन सक्ने बताए । तर अमेरिकाले सामुुदायिक प्रतिरोधात्मक क्षमता बढाउनका लागि अझै लामो यात्रा तय गर्न बाँकी रहेको चेतावनी दिए । यसका लागि १८ देखि २४ महिनासम्म लाग्न सक्ने उनले अनुुमान लगाएका छन् ।