काठमाण्डौ । कोरोनाभाइरसका कारण जारी भएको लकडाउनमा कयौँ व्यापारव्यवसाय चौपट भए पनि भारतको चर्चित बिस्कुुट कम्पनी पारले–जीलाई भने रेकर्डतोड फाइदा भएको छ।
लकडाउनका बेला कम्पनीले उत्पादन गर्ने बिस्कुुटको बिक्रीमा व्यापक वृद्धि भएको छ। कम्पनीका अनुुसार लकडाउनका क्रममा कम्पनीको उत्पादन बिक्री पछिल्लो ८ दशककै सबैभन्दा धेरै भएको छ।
कम्पनीले कति परिमाण आफ्नो उत्पादन बिक्री भयो भनेर कुुनै पनि जानकारी प्रदान त गरेको छैन तर यो वर्षको मार्च, अप्रिल र मे महिना बिक्रीका हिसाबले बितेको ८० वर्ष कै सबैभन्दा उत्तम महिना भएको उल्लेख गरेको छ। पारले–जी सन् १९३८ देखि नै भारतीय उपभोक्ताका लागि लोकप्रिय ब्रान्ड बन्दै आइरहेको छ।
भारतमा यसको मूल्य केवल ५ रुपैयाँमात्रै पर्ने भएकाले लकडाउनका बेला यस्को खपत ह्वात्तै बढ्न पुुगेको छ। भारतका ठूला सहरबाट गाउँ फर्किरहेका प्रवासी मजदुुरलाई यो बिस्कुुट ठूलो मात्रामा बाँडिएको थियो।
पारले प्रोडक्टका क्याटेगोरी प्रमुुख मयंक साहका अनुुसार कम्पनीको कुुल मार्केट सेयरमा करिब ५ प्रतिशतको वृद्धि भएको छ र यसमध्ये ८० देखि ९० प्रतिशत वृद्धि पारले–जीको बिक्रीका कारण भएको हो। उनका अनुुसार लकडाउनका बेला भारतमा पारले–जी सुुलभ र सस्तो खाद्य वस्तुुका रुपमा रहेको थियो।
कयौँ व्यक्तिका लागि यो बिस्कुुटले लन्च, डिनर र नास्ताको काम गरिरहेको थियो। यसका साथै भारतका कयौँ परोपकारी संस्था, एनजीओ र आईएनजीओहरुले पनि आवश्यक परेकाहरुलाई आद्य सामग्रीका रुपमा पारले–जी बिस्कुुट प्रदान गरेका थिए। यसका लागि उनीहरुले कम्पनीबाट सोझै अर्डर लिएका थिए।
कम्पनीले २५ मार्चबाट निरन्तर रुपमा बिस्कुट उत्पादन गरिरहेको जनाएको छ। यस क्रममा पारले–जीमात्रै नभई भारतका अन्य बिस्कुुट ब्रान्डहरु जस्तै ब्रिटानियाको गुुड डे, टाइगर, जस्ता अन्य बिस्कुुटको बिक्री पनि धेरै बढेको थियो।
पारले–जीको भारतमा १३० वटा कारखाना छन्। भारतीय बजारमा हुुने कुुल बिस्कुटको बिक्रीमा पारले–जीले ५० प्रतिशत हिस्सा ओगटेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago