काठमाण्डौ । विश्वमहामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि भारतमा घोषित तीनहप्ते लकडाउनपछि भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार विभिन्न आर्थिक प्याकेज घोषणा गरेकी छन्।
वित्तमन्त्री सीतारमणले भारु १.७० लाख करोडको प्याकेज घोषणा गरेकी हुन्। प्रवासी मजदुर र सहरी तथा ग्रामीण गरिब जनतालाई अतिआवश्यक प्याकेज घोषणा गरिएको हो।
सीतारमणले देशका मजदुर र गरिब जनताका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार लगातार प्रयासरत छन्। प्रधानमन्त्री गरिब कल्याण प्याकेजअन्तर्गत यो आर्थिक प्याकेज ल्याइएको हो।
सीतारमणले गरिब परिवारलाई पाँच किलो गहुँ वा चामल करिब ८० करोड लाभग्राहीलाई तीनमहिनासम्म वितरण गरिने बताए। यसका लागि उनीहरुले कुनै किसिमको पैसा तिर्न नपर्ने सीतारमणले स्पष्ट पारिन्।
त्यस्तै प्रत्येक किसानको खातामा प्रत्येक महिना भारु २ हजार सरकारले जम्मा गरिदिनेछ। अप्रिल पहिलो साताबाटै ८.७० लाख किसानको खातामा पैसा जम्मा हुनेछ।
यो रकम किसान सम्मान निधि योजनाअन्तर्गत उपलब्ध गराइनेछ। जब कि किसान हरेक साल यस्तो रकम भारु ६ हजार रुपैयाँमात्र वितरण गरिन्थ्यो।
यसका साथै २० करोड महिला जनधन खातामा अबको तीन महिनासम्म भारु ५ रुपैयाँ भारत सरकारले हालिदिनेछ। त्यस्तै वृद्ध, विधवालाई अतिरिक्त १ हजार रुपैयाँ पेन्सनका रुपमा दिइने घोषणा गरिएको छ।
त्यस्तै गरिब परिवारका महिलाको उज्ज्वल योजनाअन्तर्गत ८ करोड महिलालाई मोदी सरकारले एलपीजी सिलिन्डर उपलब्ध गराउने भएको छ। यो अबको तीन महिनासम्म उपलब्ध हुनेछ।
त्यस्तै ६३ लाख स्वयं सहायक समूह जहाँ ७ करोड परिवार आबद्ध छन्, ती समूहलाई भारु १० लाख दिँदै आएकोमा भारत सरकारले बढाएर भारु २० लाख रुपैयाँ पुर्याएको छ।
यस्तै अन्य थुप्रै आर्थिक प्याकेज भारत सरकारले घोषणा गरेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago