काठमाण्डौ । कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भारत सरकारले गते मार्च २५ देखि पूरै देश २१ दिनका लागि लकडाउन गर्ने घोषणा गरेको छ।

लकडाउन हटाउने विषयमा यतिखेर भारतमा थुप्रै अड्कलबाजी भइरहेका छन्। यसबीच विभिन्न रिसर्चबाट लकडाउन खोल्ने र कारोबार सामान्य हुने सम्भावित रिपोर्ट पेस गरेका छन्। 

कोरोबार सामान्य हुन तीन महिना बढी लाग्न सक्छ

म्याक्वारे रिचर्सको एक रिपोर्टअनुसार भारतमा लकडाउन १ देखि २ महिनासम्मका लागि बढाउने सम्भावना छ । यो रिपोर्टमा दुईवटा परिदृश्य पेस गरिएको छ । 

पहिलो परिदृश्यअनुसार यदि लकडाउन एक महिनासम्म रह्यो भने कारोबार सामान्य हुन ३ महिनासम्म लाग्न सक्छ । 

दोस्रो परिदृश्यअनुसार यदि लकडाउन २ महिनासम्म रह्यो भने कारोबार सामान्य हुन ६ महिनाभन्दा बढी समय लाग्न सक्छ ।

सेप्टेम्बरभन्दा अघि हट्दैन लकडाउन

अमेरिकन कन्सल्टेन्सी फर्म बोस्टन कन्सल्टिङ (बीसीजी) को एउटा अध्ययन प्रतिवेदनले भारतमा कोरोनाभाइरसका कारण लगाइएको लकडाउनसँग जोडिएका सबै बन्देज सेप्टेम्बरअघि नहट्ने जनाएको छ। 

अमेरिकाको जोन हप्किङको एउटा शोधका आधारमा तयार गरिएको यो अनुसन्धान प्रतिवेदनमा बन्देज हटाइने दुई सम्भावना देखाइएको छ। पहिलो सम्भावनाअनुसार लकडाउनका क्रममा लगाइएको बन्देजहरु जुन महिनाको चौथो सातासम्म हट्न सक्छ। दोस्रो सम्भावनाअनुसार यस्ता बन्देजहरु सेप्टेम्बर दोस्रो सातासम्म हट्न सक्छ। 

यी आधारमा तयार गरिएको थियो बीसीजी रिपोर्ट

  • देशको स्थिति जसमा लकडाउन पूर्ण रुपमा लगाइएको थिएन। 
  • लकडाउन सुरु हुने सम्भावित तिथि।
  • सम्बन्धित देशहरुमा कोरोनाभाइरसको मामिला उच्च रहेको बेला।
  • लकडाउन हटाउने छोटो र लामो समय। 

लकडाउनको दुई सातामै ५ करोड मानिस बेरोजगार

सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमीको साप्ताहिक सर्भेको आँकडाअनुसार लकडाउनको पहिलो दुई सातामै करिब ५ करोड मानिस बेरोजगार भएका छन्। सर्भेका अनुसार मध्य मार्चमा बेरोजगारी दर ८.४ प्रतिशत थियो, जुन ५ अप्रिलमा बढेर २३ प्रतिशत पुगेको छ। – एजेन्सी