नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार भारतबासीको नाममा सम्बोधन गर्दै लकडाउनको अवधि बढाउने भएका छन् । 

उनको सचिवालयले एक ट्वीट गर्दै यो विषयमा जानकारी दिएको हो । 

मोदीले स्थानीय समयअनुसार मंगलबार बिहान १० बजे देशबासीको नाममा सम्बोधन गर्नेछन् । 

भारतले जारी गरेको २१ दिने लकडाउनको अवधिमा भोलि(१४ अप्रील)मा सकिनेछ । लकडाउनको अवधिलाई २ साता लम्ब्याउने त्यहाँका १० राज्यले निर्णय गरिसकेका छन् । 

मोदीले समेत आफ्नो सम्बोधनमार्फत जारी लकडाउन कम्तीमा २ साताले लम्ब्याउने विशेष घोषणा गर्नसक्ने समाचारहरुमा जनाइएको छ ।