नयाँदिल्ली । भारतमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि मे ३ सम्म लकडाउन जारी गरिएको छ । तर, यही बीचमा त्यहाँको सरकारले सर्वसाधारणलाई निकै ठूलो राहात हुने गरी केही महत्वपूर्ण घोषणा गरेको छ ।
त्यहाँको गृह मन्त्रालयले शनिवारदेखि नै देशभरका सबै रजिष्टर्ड पसल(दोकान)हरु खोल्न सकिने नियम लागू गरेको छ ।
गृह मन्त्रालयले अत्यावश्यक मात्र नभई सबै खालका सामानको खरीदबिक्री हुने सबै खालका दोकानहरुलाई खोल्न अनुमति दिएको हो । तर, यो अवधिमा त्यस्ता पसलहरुले पर्याप्त सावधानीहरु अपनाउनुपर्नेछ ।
तर, ठूला सपिङ मल र मार्केट कम्प्लेक्स क्षेत्रका दोकानहरु भने तत्काल संचालन गर्न पाइनेछैन ।
गृह मन्त्रालयका अनुसार भारतका ग्रामीण क्षेत्रका सबै दोकान खोल्ने अनुमति दिइएको छ । शहरी क्षेत्रका समेत एकल व्यक्तिले संचालन गरेका सबै साना दोकान, आवासीय क्षेत्रका दोकान पनि खोल्न पाइनेछ । तर, बजार क्षेत्रका पसलहरु भने अहिले खोल्न पाइने छैन ।
यस्तै, गृह मन्त्रालयले विभिन्न इकमर्स कम्पनीहरुले अब अति जरुरी सामान मात्र बिक्री गर्न पाउने नियम समेत कार्यान्वयनमा ल्याएको छ । यसअघि त्यस्ता इकमर्स प्लेटफर्मबाट सबै खालका सामान बिक्री गर्ने छुट थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago