काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउन खुल्नासाथ भारतको नयाँदिल्लीसहित विभिन्न सहरमा रहेका रक्सी पसलमा सोमबार ग्राहकको भीड लागेको छ।
दिल्ली प्रदेश सरकारले एउटा आदेश जारी गर्दै बिहान ९ बजेदेखि साँझ साढे ६ बजेसम्म रक्सी पसल खोल्न अनुमति दिएको छ। दिल्लीस्थित देशबन्धु गुप्ता रोडमा रहेका रक्सी पसलहरु जब खुले तब ग्राहकको १ किलोमिटरसम्म लाइन बन्यो।
यतिमात्रै दिल्लीकै कश्मीरी गेटस्थित एउटा रक्सी पसलमा ग्राहकले सामाजिक दूरीको नियम उल्लंघन गरेका कारण प्रहरीले लाठीचार्ज गर्नुपर्यो।
राजधानी दिल्लीका अलावा छत्तीगढस्थित रक्सी पसलहरु पनि खुल्दा साथ ग्राहकको भीड बढ्यो।
भारतमा कन्टेनमेन्ट जोनका अलावा अन्य इलाकामा पनि सरकारले रक्सी पसल खोल्ने अनुमति दिएको छ। कर्नाटक र आन्ध्र प्रदेशमा पनि रक्सी पसलमा ग्राहकको भीड लागेको देखियो।
आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडूले सोलल मिडियामा एउटा भिडियो हालेर ट्विट गर्दै लेख, ‘रक्सी पसलहरु खुल्ना साथ ग्राहकको भीड बढ्न भन्ने पहिल्यै थाहा थियो तर कोरोना संकटबीच प्रशासनले सामाजिक दूरी कायम गर्न खासै व्यवस्था नगरेको पाइयो।’ – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago