काठमाण्डौ । संयुुक्त अरब इमिरेट्स(युुएई) ले कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि लगाइएको जरीवानालाई परिमार्जित गर्नुुका साथै नियन्त्रणका उपायहरुलाई बुुधबारबाट लम्ब्याउने भएको छ । 

युुएई सरकारले पाटी आयोजना गर्ने आयोजकहरुलाई २७२२ अमेरीकी डलर(१० हजार दिराम) जरीवाना गर्ने र पाटीमा सहभागी प्रत्येकले ५ हजार दिराम तिर्नुुपर्ने व्यवस्था गरेको छ । 

सुुरुवातमा दुुई घण्टा घटाइएको राष्ट्रिय कफ्र्यूलाई फेरी पुुरानै दैनिक साँझ ८ बजेदेखि बिहान ६ बजे सम्म लागू गरिने भएको छ । 

सरकारी समाचार एजेन्सी वामका अनुुसार केही मानिसको गैरजिम्मेवारपूर्ण व्यवहारले देशमा कोरोनाको संक्रमण फेरी बढेकाले यस्तो निर्णय गर्नुुपरेको त्यहाँका अधिकारीहरुले बताएका छन् । “हामी यहाँ त्यस्ता केही थोरै मानिसहरुका बारेमा कुुरा गरिरहेका छौ, जो अझै पनि स्वास्थ्य उपायहरु र निर्देशिकाहरु अबलम्बन नगर्दा कस्तो परिणाम निम्तन सक्छ भनेर अनविज्ञ बनिरहेका छन् । एउटा वा दुुइटा व्यक्तिको गैरजिम्मेवारपूर्ण व्यवहारले समाजका सयौ परिवारहरुलाई प्रभावित पार्न सक्छ ।” युुएई सरकारका प्रवक्ता अम्ना अल साम्सीले भने । 

युुएईमा कोरोनाबाट संक्रमित र मृत्युु हुुनेको संख्या क्रमश २४१९० र २२४ रहेको छ । युुएई सरकारले परिमार्जन गरेका केही नियम र निर्देशिकाहरु यस्ता छन्:
– राष्ट्रिय सेनिटाइजेसन प्रोग्रामलाई प्रत्येक दिन साँझ ८ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन गरिने छ । यसअघि यो कार्यक्रम साझ १० बजे देखि बिहान ६ बजे सम्म गरिदै आइएको थियो । यो अवधिमा सबैले घरमै बस्नुु पर्नेछ । 
– क्याफे र मासुु बेच्ने पसलहरु उचित सरसफाइका साथ साँझ ८ बजेभित्र बन्द भइसक्नुुपर्नेछ । 
– बुुधबारबाट सपिङ मलहरु रामदानको अन्त्यसम्म बिहान ९ बजेदेखि साँझ ७ बजे सम्म खुुला हुुनेछन् । 
– घरनजिकै बढीमा दुुई जनालाई शारीरिक अभ्यासका लागि दुुई घण्टा सम्म समय दिइनेछ । यसमा पनि सामाजिक दुुरीलाई ख्याल राख्नुुपर्ने छ । 

मलहरुलाई सामाजिक दुुरी कायम गरी क्षमताको ३० प्रतिशत सम्म सञ्चालन गर्ने अनुुमति प्रदान गरिएको छ । 

१२ वर्ष मुुनिका बालबालिबाहरु र ६० वर्षभन्दा माथिका वृद्धवृद्धाहरुलाई मल प्रवेशमा रोक लगाइनेछ । 

सार्वजनिकस्थलहरु जस्तै सिनेमा घर, स्कुुल र खेलकुुद गतिविधका सुुविधाहरु बन्द रहने छन् । 

अधिकारीहरुले आन्तरिक कामदारहरुलाई कसैलाई पनि घर बाहिर नभेट्न निर्देशन दिएका छन् । तर यदि पार्सल र डेलिभरीहरु आए सुुरक्षाका उपायहरु अपनाई लिन सक्नेछन् । 

युुएई सरकारले लागू गरेका नयाँ जरीवानाहरु यस्ता छन् 
१३६०० अमेरीकी डलर(५० हजार दिराम)
– जिम र रेस्टुुराँ जस्ता व्यवसायहरुले अनिवार्य गरिएका नियमहरु उल्लंघन गर्दा र तोकिएको समयभन्दा धेरै समय सञ्चालन गर्दा 
– घरमै बस्न र स्वास्थ्य क्वारेन्टाइनमा बस्न भनिएकाहरुले नियम उल्लंघन गर्दा 

८१७० अमेरीकी डलर (३०००० दिराम)
– निजी ट्युुसन वा अन्य चिज सिकाउन आउने व्यक्तिहरुलाई

५४५० अमेरीकी डलर ( २० हजार दिराम)
– आफ्नो घरमा निजी ट्यूसन सिकाउने व्यक्ति राख्नेलाई 
– टे«सिङ उपकरण र एपमा छेडखानी गर्ने कोरोना संक्रमित र कोरोनाबाट मुुक्त भएकाहरुलाई 
– आवश्यक परेका ठाउँमा थर्मल क्यामेरा नराख्नेहरुलाई 

२७२० अमेरीकी डलर(१० हजार दिराम)
– ट्रेसिङ उद्देश्यका लागि एप डाउनलोड गर्न इन्कार गर्ने संक्रमित र संक्रमणबाट मुुक्त भएकाहरुलाई 
– इमिरेट्समा कामदारहरु ओसारपसार गर्नेहरुलाई 
– पाटी र जमघट आयोजना गर्नेहरुलाई 

१३६० अमेरीकी डलर(५ हजार दिराम)
– पाटी र जमघटमा सहभागि हुुनेहरुलाई
– अनुुमति दिइएको भन्दा अतिरिक्त समयसम्म पसलहरु सञ्चालन गर्नेहरुलाई 
– सामाजिक दुुरी कायम नगर्ने व्यापार व्यवसायहरुलाई 
– कोरोनाभाइरसको परीक्षण गर्न नमान्नेहरुलाई 
– मास्क लगाउन नमान्ने कर्मचारी भएका कम्पनीहरुलाई 

८१७ अमेरीकी डलर (३ हजार दिराम) 
–कारमा सवार हुुँदा मास्क नलाउनेलाई र कारमा तीनजनाभन्दा धेरै सवार भएकालाई 
– बन्ध्याकरणका बेला प्रतिबन्धहरु उल्लंघन गर्नेलाई 
–३० प्रतिशतभन्दा धेरै जनशक्ति प्रयोग गर्ने कार्यालयहरुलाई 
–सामाजिक दुुरी कायम नगर्ने व्यक्तिहरुलाई 

२७२ अमेरीकी डलर(१ हजार दिराम)
–दुुई हप्तापछि पुुनः कोरोनाको परीक्षण गर्न नमान्नेहरुलाई

१३६ अमेरीकी डलर(५ सय दिराम)
– कार्यस्थलमा मास्क नलगाउने कर्मचारीहरुलाई 

यसका साथै यी निर्देशिका र नियमहरुलाई दोहोर्याएर उल्लंघन गर्नेहरुलाई १ लाख दिराम र ६ महिनासम्म कैद सजायको व्यवस्था गरिएको छ ।