काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा बनेको एउटा आमधारणाका कारण आज मंगलबार तेलको मूूल्यमा उछाल आएको छ।
आमधारणाअनुसार ठूूला उत्पादक देश अहिले यसअघिको सम्झौताबमोजिम तेल उत्पादनमा कटौती जारी राख्नेछन्। अनि विश्वका अधिकांश ठूूलो अर्थव्यवस्था कोरोना महामारी प्रकोपको रोकथामका लागि सुुरु भएको लकडाउन विस्तारैविस्तारै खुकुलो पारिनेछ। यी दुवै आम धारणाबीच आउने दिनमा कच्चा तेलको मूूल्य र त्यसको माग दुुवै धेरै राम्रो हुुने अपेक्षा गरिएको छ।
आगामी दिनमा विमान र गाडीहरुद्वारा हुने खपतका लागि केही देशहरुले तेलको मौज्दात राख्न सुुरु गरिसकेका छन्। यस्तो परिस्थिति र सम्भावनाको असर मंगलबार बिहान अन्तर्राष्ट्रिय कच्चा तेलको मूूल्यमा देखिएको हो।
अमेरिकी तेलको बेन्चमार्क वेस्ट टेक्सस इन्टरमिडिएट (डब्ल्यूूटीआई) मा तेलको मूल्य ३.२ प्रतिशत बढोत्तरी भएको छ। जसका कारण एक ब्यारेलमा १.०६ अमेरिकी डलर फाइदा देखिएको छ। योसँगै अब एक ब्यारेलको मूूल्य ३४.३१ अमेरिकी डलर भएको छ।
अमेरिकामा सोमबार मेमोरियल डेको बिदा भएका कारण डब्ल्यूटीआईले पनि कुुनै दररेट जारी गरेन। अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्टमा पनि कच्चा तेलको मूूल्यमा १.७ प्रतिशत बढेर कायम भएको छ। यहाँ तेलको मूूल्य बढेर ३६.१२ डलर प्रतिब्यारेल भइसकेको छ।
वास्तवमा साउदी अरबले रुसका तर्फबाट एक अन्य ओपेक तेल आपूूर्ति सम्झौताको उल्लघंन हुुन गई अप्रिल महिनामा तेल विश्वभरि नै आपूूर्ति बढेर गएको थियो। यसपछि अप्रिलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा विश्वमा सबैभन्दा ठूूलो तेल उत्पादक देशहरुबीच एक सम्झौता नै भयो। सोही सम्झौताबमोजिम तेल उत्पादनमा कमी गर्ने फैसला भयो।
ओपेक, रुस र अन्य सहयोगी तेल उत्पादक देशहरुले यसका लागि ओपेक प्लस नामको समूूह बनायो। जसमा यी देशले आफ्नो उत्पादनमा कटौती गर्ने सम्झौता भयो जुन विश्वभरिको तेल उत्पादनमा १० प्रतिशतको हिस्सा कायम गर्छ।
अस्ट्रेलिया र न्यूूजील्यान्ड बैंकिङ समूूहका वरिष्ठ रणनीतिकार डैनियल हाइन्स भन्छन्, ‘निश्चित रुपमा ओपेक प्लसद्वारा गरिएको कटौतीको असर भएको छ। यो असर यस्तो हुुन्छ जस्तो तपाइँ आशा गर्न सक्नुुहुुन्छ।’
तेलको मूूल्य बढाउनका लागि उत्पादनमा कति कटौती अहिले पनि जारी राखिनेछ। यस विषयमा चर्चाका लागि ओपेक प्लस देशरुको एक बैठक जुन महिनाको सुुरु हुुनेछ।
तेल उत्पादक ठूूला देशहरुले पछिल्लो सम्झौताअनुुसार मे र जुनको उत्पादनमा कटौती गर्न सहमति व्यक्त भएको थियो। सबै उत्पादक चाहन्छन् कि तेलको मूूल्य चाँडै नै सामान्य हुुनेछ। हाल तेलको जुन दर छ यो वर्षको सुुरुआती दररेट करिब ४५ प्रतिशत कमी आएको छ।
ड्यानियल हाइन्सका अनुुुसार अन्तर्राष्ट्रिय अर्थव्यवस्था फेरि सुुरु हुुँदा तेलको फ्युचर मार्केटमा रहेको चिन्ता केही कमी भएको छ। जुन अबको दुुई हप्ता पहिलेसम्म पनि धेरै थियो। किनकि तब अनिश्चिताहरु धेरै थियो र के हुुन लागिरहेको भन्नेबारे बुुझ्न सकिएको थिएन। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19