काठमाण्डौ । लक्ष्मी भ्यालुु फण्ड १ ले २५ प्रतिशत नगद लाभांशका लागि आगामी साउन २५ गतेलाई बुक क्लोजको मिति तोकेको छ । 

यो म्युुचुुअल फण्डले केही दिनअघि आफ्ना इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो । सोही प्रयोजनका लागि साउन २५ गतेलाई बुुक क्लोजको मिति तोकिएको हो । 

यसको अर्थ साउन २४ गतेसम्म नेप्से र सिडिएस एण्ड क्लियरिंग लिमीटेडको प्रणालीमा कारोबार भई सोको सात कार्यदिनसम्ममा रितपूर्वक दाखिल खारेज हुन यस कम्पनीमा आएका इकाईधनीहरु मात्र नगद लाभांशको प्रतिफलको हकदार हुने फण्ड व्यवस्थापक लक्ष्मी क्यापिटल लिमीटेडले जनाएको छ । 

यो स्किम लक्ष्मी बैंकको प्रवद्र्धनमा संचालित हो । आर्थिक वर्ष २०७३/७४ का लागि इकाईधनीहरुलाई करसहित २५ प्रतिशत नगद लाभांश वितरण गर्न लागिएको हो ।