काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले समेत भाइबर बैकिङ सेवाको सुरुवात गरेको छ ।
नेपालमा अत्यधिक लोकप्रिय भएको म्यासेजिङ्ग प्लाटफर्म– भाइबरमा लक्ष्मी बैंक हालै आबद्ध भएको जानकारी सहर्ष जानकारी गराउन चाहन्छौं ।
भाइबरको “लक्ष्मी बैंक पब्लिक एकाउन्ट”मा आबद्ध भएपछि विभिन्न बैंक सम्बन्धित सूचनाहरु सहज रुपमा तत्कालै प्राप्त गर्न सकिने बैंकले प्रष्ट्याएको छ ।
विशेष गरी लक्ष्मी बैंकका ग्राहकहरुले भाइबर सेवाअन्तर्गत आफ्नो खाताको विवरण, ब्यालेन्स, मिनि स्टेटमेन्ट लगायत अन्य थुप्रै अत्यावश्यक सूचनाहरु जस्तै बैंकका शाखाहरु, बैंकका एटिएमहरु कहाँकहाँ छन् भन्ने जानकारी, विदेशी मुद्राको विनिमयदर, जस्ता थुप्रै जानकारी प्राप्त गर्न सक्नेछन् । साथै यो सेवा बैंकको लक्ष्मी बैंक मोबाइल मनिको एक हिस्साका रुपमा समेत उपलब्ध रहेको छ ।
लक्ष्मी बैंकको शाखा सञ्जाल ७४, ३ हस्पिटल सेवा काउन्टर, ९५ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स अनि ४०० भन्दा बढी मोबाईल एजेन्टहरु छन् ।
सन् २००२ देखि लक्ष्मी बैंकले नविनतम् प्रविधिहरुको प्रयोग गर्दै आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । यसै सिलसिलामा लक्ष्मी बैंकको डिजिटल बैंकिङ्ग सेवाअन्तर्गत भाइबर सेवाले ग्राहकहरुलाई सहज तरिकाबाट बैंकमा सुविधाहरु प्राप्त गर्ने विकल्प समेत प्रदान गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19