काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको सञ्चालक समितिको आज आइतबार बिहान भएको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले चुक्तापुँजीको १० प्रतिशतले हुन आउने ८९ लाख २० हजार ५०८.६४ कित्ता बोनस सेयर र ५ प्रतिशतले हुन आउने ४४ करोड ६० लाख २५ हजार ४३२ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने बैंकले जनाएको छ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19