– रेखा चन्द
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको ट्रेजरी बिल बैंक तथा वित्तीय संस्थाहरुले नै नवीकरण गरेका छन्।
गत सोमबार बोलकबोलमा ल्याइएको कुल ३ अर्ब १३ करोडको ट्रेजरी बिल बैंक तथा वित्तीय संस्थाहरुले नै खरिद गरेका हुन्। २८ दिने उक्त ट्रेजरी खरिदका लागि २० बैंक तथा वित्तीय संस्थाले १०२ वटा आवेदनमार्फत ९ अर्ब ६९ करोड ५० लाख रुपैयाँबराबरको बोलकबोल पेस गरेका थिए। राष्ट्र बैंकले न्यूनतम ८.८९३४ प्रतिशत, अधिकतम ९.३००१ प्रतिशत र औसत ९.०९०४ प्रतिशत ब्याजदरमा बैंकहरुले नै ट्रेजरी बिल स्वीकार गरेको जानकारी दिएको छ।
पछिल्लो समय ब्याजदर नियन्त्रण गर्न राष्ट्र बैंक आफैँले ट्रेजरी खरिद गर्दै आएको थियो। गत साउन १० गतेको ट्रेजरीमा बैंक तथा वित्तीय संस्थाले झन्डै १४ प्रतिशतसम्म ब्याज मागेका थिए। त्यसबेला बैंकहरुले मागअनुसारकै ब्याज पाएका थिए। तर, साउन १७ गतेदेखिको ट्रेजरी बिलमा पनि बैंकहरुले ब्याज मनोमानी ढंगले मागेपछि राष्ट्र बैंकले हस्तक्षेप गर्दै आफैँ खरिद गरिरहेको थियो। राष्ट्र बैंकले भदौ ७ गतेसम्म लगातार ट्रेजरी किनिरह्यो र बढाइएको ब्याजदरलाई एकल विन्दुुुमा झार्न सफल भयो।
त्यसपछि साउन १३ गते बोलकबोल भएको ट्रेजरी बिलमा भने राष्ट्र बैंकले हस्तक्षेप गरेन। जसको औसत ब्याजदर ९.०९०४ प्रतिशत कायम भएको थियो।
राष्ट्र बैंकले ८ पटक किन्यो ट्रेजरी बिल
त्यसो त राष्ट्र बैंकले ब्याजदरलाई सन्तुलन मिलाउन भन्दै ८ पटकसम्म ट्रेजरी बिल किन्यो। राष्ट्र बैंकले साउन १० गतेदेखि भदौ ७ गतेसम्म बोलकबोल भएको ट्रेजरी बिल खरिद गरेको तथ्यांकमा उल्लेख छ। कुल ३५ अर्ब ४० करोड ५० लाख रुपैयाँबराबरको ट्रेजरी बिल राष्ट्र बैंकले खरिद गरेको हो।
साउन १७ गते बोलकबोल भएको ९१ दिने ४ अर्ब ९८ करोड र १८२ दिने ४ अर्ब ९० करोडको ट्रेजरी बिल राष्ट्र बैंकले खरिद गरेको छ।
यस्तै साउन २४ गते बोलकबोल भएको ९१ दिने ६ अर्ब ५१ करोड रुपैयाँको ट्रेजरी बिल, साउन ३१ गतेको २८ दिने, ९१ दिने, १८२ दिने क्रमशः ४ अर्ब रुपैयाँ, १ अर्ब ९२ करोड रुपैयाँ र ५ अर्ब ७४ करोड रुपैयाँको ट्रेजरी बिल राष्ट्र बैंकले किनेको थियो। भदौ ७ गते बोलकबोल भएको १८२ दिने र ३६४ दिने ट्रेजरी बिलमा पनि राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो। जसको मूल्य क्रमशः ५ अर्ब ८५ करोड रुपैयाँ र १ अर्ब ५० करोड रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago