prime commercial bank
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ४८ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो बैंकको नाफा १ अर्ब ११ करोड मात्र थियो ।
बैंकले खूद ब्याज आम्दानीतर्फ पनि राम्रै प्रगति गरेको छ । अघिल्लो वर्ष १ अर्ब ५८ करोड रहेको यस्तो आम्दानी बढेर यो वर्ष १ अर्ब ९० करोडको उचाईमा पुुगेको छ ।
यस्तै, संचालन मुनाफातर्फ पनि राम्रो प्रगति देखिएको छ । अघिल्लो वर्ष १ अर्ब ४३ करोडमा सीमित यस्तो मुनाफा यो वर्ष बढेर २ अर्ब १ करोडको उचाईमा पुुगेको छ।
बैंकले यो अवधिमा ६५ अर्ब ८६ करोड निक्षेप संकलन गरी ५७ अर्ब ७१ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ४८ अर्ब ३४ करोड निक्षेप संकलन गरी ४० अर्ब २७ करोड कर्जा परिचालन गरेको थियो ।
यो बैंकले पनि जगेडा कोषको आकारमा व्यापक सुधार गरेको छ । अघिल्लो वर्ष ८४ करोड ६२ लाख रुपैयाँ रहेको यो कोषमा यो वर्ष ३ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।
प्राइम कमर्सियल बैंकले पनि निस्क्रिय कर्जाको अनुपातलाई व्यापक रुपमा घटाउने सफलता पाएको छ । अघिल्लो वर्षसम्म १.२३ प्रतिशत रहेको एनपीएललाई घटाएर यो वर्ष ०.७८ प्रतिशतमा झारिएको छ । अघिल्लो त्रैमाससम्म मात्रै पनि यस्तो कर्जा अनुपात १.७८ प्रतिशत रहेकोमा एक त्रैमासकै प्रयासमा ०.७८ प्रतिशतमा आउनुलाई आश्चर्यको रुपमा समेत हेर्न सकिन्छ । खराबकर्जाले भरिपूर्ण २ विकास बैंकलाई गाभेर समेत एनपीएलमा यो बैंकले गरेको सुधार निकै कमालको देखिन्छ ।
नाफामा औसत प्रगति गरेको देखिए पनि यो बैंकको लागत खर्चमा डरलाग्दो वृद्धि देखिएको छ । अघिल्लो वर्षसम्म ४.३३ प्रतिशत रहेको यस्तो खर्च बढेर ८.१५ प्रतिशत पुुगेको छ ।
यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २३.४४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४९.४२, प्रति सेयर कुल सम्पत्तिको मूल्य १२३४.१२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.९६ गुणा कायम भएको छ ।
विराटलक्ष्मी विकास बैंक र कन्टी डेभलपमेन्ट बैंक लिमीटेडलाई प्राप्ति गरेपछि ६अर्ब ३२ करोड चुक्तापूँजी रहेको यो बैंकले खूद नाफाबाट लगानीकर्तालाई निकै राम्रो बोनस दिनसक्ने देखिएको छ । यो बैंकले ८ अर्ब पुर्याउन अपुुग १ अर्ब ६८ करोड रुपैयाँ सेयरधनीलाई बोनस नै वितरण गर्ने हैसियत बनाएकोले समेत बैंकका सेयरधनी मालामाल बन्ने दिन आउदैछन् भन्नुु अतिसयोक्ति नहोला । यो बैंकले सबै आर्थिक सूचकमा कमालको सुधार गरी आफूलाई वाणिज्य बैंकहरुको भीडमा निकै आकर्षक बनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago